टोकियो सबवे स्टेशनमा एसिड फ्याक्ने युवकलाई साढे ३ वर्ष जेल सजाय

जापानको एक अदालतले टोकियोको सबवे स्टेशनमा एसिड प्रहार गर्ने युवकलाई साढे ३ वर्षको जेल सजाय सुनाएको छ ।

मंगलबा犀利士 र टोकियो जिल्ला अदालतले अर्का व्यक्तिमाथि एसिड प्रहार गरेको आरोपमा अभियुक्त हिरोताका हानामोरलाई जेल सजायको फैसला सुनाएको हो ।

यो घटना सन् २०२१ को अगष्टमा टोकियो मेट्रोको शिरोकाने–ताकानावा स्टेशनमा घटेको थियो । जहाँ हानामोरीले आफ्नो पूर्व विश्वविद्यालयमा पढ्ने व्यक्तिमाथि एसिड प्रहार गरेका थिए ।

अभियोजनकर्ताहरुले अभियुक्तलाई ६ वर्षको जेल सजाय माग गरेका थिए । गत वर्ष सेप्टेम्बरमा यो मुद्दाको पहिलो पेसीमा हानामोरी दोषी पाइएका थिए ।

उनले सन् २०२१ को अगष्ट २४ को राति स्टेशनको एस्कालेटर चढिरहेका पीडितमाथि एसिड छ्यापेका थिए । जसका कारण पीडितको अनुहार जल्न पुगेको थियो ।

उपचारको क्रममा जटिलता भएपछि केही अवधिपछि पीडितका दुबै आँखामा क्षति पुगेको छ । यो घटनापछि हानामोरीलाई वान्टेडको सूचीमा राखिएको थियो ।

घटनालगत्तै उनी टोकियो छाडेर शिजुओका स्थित आफ्नो घरमा गएका थिए । त्यहाँबाट ओकिनावा भागेका उनलाई त्यहीबाट पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?