जापानले चीनबाट यात्रा गर्ने यात्रुहरुमाथि लगाएको कडा नियमहरु खुकुलो पार्ने घोषणा गरेको छ ।
दुई महिनाभन्दा लामो समयपछि जापाले चीनबाट आउने यात्रुमाथि गरेको कडाई खुकुलो बनाएको हो ।
बेइजिङले शून्य कोभिड नीति खारेज गरेसँगै चीनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको थियो । चीनमा कोरोना संक्रमितको संख्या बढेपछि जापानले चीनबाट आउने यात्रुका लागि कडाई गरेको थियो ।
अझै पनि चीनबाट यात्रा गर्ने यात्रुहरुले कोभिड–१९ नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्छ ।
चीनबाट हाल टोकियोका樂威壯 हानेदा र नारिता, नागोयाको चुबु र कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान भइरहेको छ । अब चीनबाट आउने उडानहरुको संख्या बढेपछि अनुमति पनि बढाइने जनाएको छ ।