
जापानमा शुक्रबार एक दिनमा कोरोना भाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ ।
यसैगरी ६ हजार ५१२ जना नयाँ संक्रमित भेटिएका छन् । यो बिहीबारको तुलनामा ८ हजार ६८१ जनाले कम हो ।
राजधानी टोकियोमा पनि संक्रमितको संख्या घटेको छ । टोकियोमा शुक्रबार ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बिहीबारको तुल樂威壯 नामा ६४५ ले कम हो ।
टोकियोमा ५ जनवरी, २०२२ पछि पहिलो पटक ५ सयभन्दा कम संक्रमित फेला परेका हुन् ।
जापानमा १८३ जना कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।