विद्युतीय उपकरणको व्यापारमा जापान पहिलो पटक घाटामा

विद्युतीय सामग्रीको उत्पादनमा अग्रणीमध्ये एक मानिने जापानले पहिलो पटक विद्युतीय सामग्रीको व्यापारमा घाटा बेहोरेको छ ।

सन् २०२२ को दोस्रो अर्धवार्षिक अवधिमा विश्वसँगको विद्युतीय सामग्रीको व्यापारमा जापानले ८१ अर्ब २० करोड येन अर्थात ५० करोड ५० लाख डलर घाटा बेहोरेको सरकारी तथ्यांकले देखाएको छ ।

६ महिनाको अवधिमा जापानले बेचेका भन्दा किनेका विद्युतीय सामग्रीको मूल्य धेरै भएको यो पहिलो पटक हो ।

अमेरिकी डलरको तुलनमा येनको भाउमा आएको ठूलो गिरावटका कारण आयात महँगो हुँदा व्यापारमा घाटा भएको हो ।

दोस्रो अर्धवार्षिक अवधिमा जापानले विद्युतीय व्यापारमा घाटा बेहोरेको यो सन् १९८८ यता तुलनायोग्य तथ्यांक उपलब्ध भएयताकै पहिलो पटक हो । त्यसबेला जापानको व्यापार बचत ८० खर्ब येन थियो ।

अर्थमन्त्रालयको व्यापार तथ्यांकअनुसार डिसेम्बरसम्मको ६ महिनामा जापानले ९२ खर्ब ३० अर्ब येन बराबरको विद्युतीय उपकरण बिक्री गरेको छ । यो पहिलो अर्धवार्षिक अवधिको भन्दा १३.९ प्रतिशतले कम हो ।

सोही अवधिमा आयात १७.२ प्रतिशतले बढेर 犀利士 ९३ खर्ब १० अर्ब येन पुगेको छ । जापानमा पछिल्ला समयमा चीनसहितका देशबाट विद्युतीय सामग्रीको आयात बढेको छ ।

डलरको तुलनमा येनको तीव्र अवमूल्यन हुँदा व्यापारमा समेत असर परेको हो । सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि जापानी कम्पनीहरुले उत्पादन आधारलाई उत्पादन लागत सस्तो भएको देशहरुमा सारेपछि जापानको व्यापार सन्तुलन घट्दो अवस्थामा थियो ।

सन् १९९१ को दोस्रो अर्धवार्षिक अवधिको तुलनमा समीक्षा अवधिमा विद्युतीय सामग्रीको आयात ९.१ गुणाले बढ्दा निर्यात भने १.९ गुणाले मात्रै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?