
जापानका महासम्राट आकिहितो र महासाम्राज्ञी मिचिकोले टोकियोको एक संग्रहालयको भ्रमण गरेका छन् । जहाँ जापानी नागरिकसँग सम्बन्धित सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।
यी जापानी नागरिकहरुलाई दोस्रो विश्वयुद्धपछि साइबेरिया र अन्य स्थानमा हिरासतमा राखिएको थियो ।
महासम्राट र महासाम्राज्ञीले सिन्जुकुस्थित साइबेरियामा सैनिक, बन्दी र युद्धोपरान्त सुपुर्दगी गरिएकाहरुको स्मारक संग्रहालयको भ्रमण गरेका हुन् । उनीहरुले त्यहाँ करिब १ घन्टा बिताएका थिए ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार साइबेरिया र अन्य स्थानमा पूर्व सोभियत संघको बन्दीगृहमा ५४ हजार भन्दा बढी जापानी सैनिक र नागरिक मारिएका थिए ।
प्रदर्शनीमा कैदीहरुले जापानमा आफ्नो परिवारलाई पठाएका पोस्टकार्ड र बन्दी शिविरमा प्रयोग गरिएका उपकरणहरु राखिएका छन् ।
सन् २०१९ मा राजसिंहासन त्याग्नुभन्दा अघि महासम्राट र महासाम्राज्ञीले युद्धमा मारिएकाहरुका लागि प्रार्थना गरेका थिए ।
उनीहरुले अणु बमको हमलाको सिकार भएका हिरोशिमा र नागासाकीसहित ओकिनावा र प्रशान्त महासागरमा रहेको भीषण युद्ध भएको साइपान द्विपको समेत भ्रमण गरेका थिए ।