
जापानमा बिहीबार २१ हजार ३४७ जना कोरोना भाइरसका नयाँ संक्रमित फ犀利士 ेला परेका छन् । यो बुधबारको तुलनामा ७ हजार ४२५ ले कम हो ।
राजधानी टोकियोमा मात्रै बिहीबार १ हजार ४७४ जना नयाँ संक्रमित फेला परेका छन् । टोकियोमा पनि बुधबारको तुलनामा ३८४ जना कम संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई २५४ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बिहीबार थप १७२ जनाको मृत्यु भएको छ ।