
जापानको राजधानी टोकियोमा बिहीबार एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोट स्थायी घर भएका गणेशजंग उप्रेती रहेको जनाइएको छ । उनी टोकियोको मिता स्टेशन नजिक बस्दै आएका थिए ।
उनी बिहीबार आफू बस्दै आएको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीले उनको मृत्युको कारण पत्ता लगाउने कोशिस गरिरहेको छ । उप्रेती जापानमा कुकका रुपमा कार्यरत थिए ।
जापानमा दुई दिनमा मात्रै तीन जना नेपालीको मृत्यु भएको छ । बुधबार साइतामाको एक पार्कमा अधबैंसे नेपाली मृत भेटिएका थिए भने बुधबार नै एक नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो ।
खानपिनमा ध्यान नदिने, अत्यधिक कामको बोझ, अनिद्रा, चिन्ता जस्ता विषय मृत्युको कारक बनिरहेको छ ।
