
जापानमा कोरोना भाइरस संक्रमितको संख्या फेरि उकालो लागेको छ । मंगलबार ३१ हजार ७०३ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
यो संख्या सोमबारको तुलनामा २२ हजार २८० ले बढी हो । यसअघि सोमबार साढे ७ महिनापछि १० हजार भन्दा कम संक्रमित भेटिएका थिए ।
टोकियोमा मंगलबार २ हजार २३२ नयाँ संक्रमित भेटिएका छन् । टोकियोमा मंगलबारको तुलनामा १ हजार ४२२ जना बढी कोरोना संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट जापानमा मंगलबार २७० जना अस्पताल भर्ना भएका छन् । संक्रमणबाट १३५ जनाले ज्यान गुमाएका छन् ।