जापानी संगीतकार मासानोरी ताकुमीले ग्रामी अवार्ड जितेका छन् । संगीतकार तथा कम्पोजर ४४ वर्षीय ताकुमीले आफ्नो एल्बम ‘साकुरा’ का लागि ग्रामी अवार्ड जितेका हुन् ।
आइतबार अमेरिकाको लस एन्जलसमा आयोजित ६५औं ग्रामी अवार्ड समारोहमा पुरस्कार ग्रहण गर्दा उनले चेरीको फूलसहितको कालो पोशाक लगाएका थिए ।
ताकुमीले आफूलाई ग्रामीजस्तो प्रतिष्ठित पुरस्कार पाउने विश्वास नरहेको र यो पुरस्कार पाएको आफू खुसी भएको पनि बताएका छन् ।
जापानी वाद्यबाधक यत्रको प्रयोग गरेर उनले अमेरिकी धुन निकाल्ने कोशिस गरेका थिए ।
यही धुन भएको एल्बम साकुरा २०२२ मा बेष्ट ग्लोबल म्युजिक एल्बम बनेको हो । ताकुमीले पियानो र तीन तारे जापानी वाद्यवाधन शामिसेन पनि बजाउँछन् ।
ताकुमी स्वर्गीय गायक हिदेकी साइजोका भतिज हुन् । उनले एक्जाइल, द पम्प जस्ता चर्चित जापानी पप समूहका लागि म्युजिक कम्पोज गरेका छन् ।
सन् २००० मा दक्षिण कोरियाली अल गर्ल समूह कारामा ड्रमरको रुपमा पनि काम गरेका थिए । उनी यसअघि पनि ग्रामीका लागि मनोनित भएका थिए । तर उनले कुनै अवार्ड जितेको यो पहिलो पटक हो ।