
जापान सरकारले यसै महिना ल्याएको आर्थिक नीतिका कारण फेब्रुअरी र मार्चमा बिजुलीको बिल कम हुने अनुमान गरिएको छ । तर त्यसपछि भने बिजुलीको दर बढ्ने आशंका छ ।
सरकारले जनवरीबाट प्रति किलोवाट–घन्टा ७ येनको सब्सिडी दिएको छ । यसको उद्देश्य बढ्दो ऊर्जा मूल्यको बोझ कम गर्नु हो ।
बिजुलीको बिलमा यो सब्सिडी फेब्रुअरीदेखि दिने सम्भवना छ । जसअनुसार एक औसत परिवारको बिजुलीको बिलमा अधिकतम १८ सय येन अर्थात करिब १३ डलर कटौटी हुनेछ ।
तर犀利士 विद्युत कम्पनीले निकट भविष्यमा नै विद्युत महसुलदर बढाउने तयारी गरेको छ ।
५ वटा बिजलुी कम्पनी तोहोकु, होकुरिकु, चुगोकु, शिकोकु र ओकिनावाले अप्रिलदेखि विद्युत महसुल बढाउन सरकारसँग अनुमति मागेका छन् ।
यसलगत्तै होक्काइदो र टोकियो इलेक्ट्रिक कम्पनीले पनि जुनदेखि विद्युत महसुल दर बढाउने अनुमति मागेका छन् ।