जापानमा मंगलबार एकै दिन ८१ हजार ५३५ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टि भएका छन् ।
यो सोमबारको तुलनामा ४८ हजार ९६४ ले बढी हो । टोकियोमा मात्रै मंगलबार ७ हजार ६२९ जना नयाँ संक्रमित भेटिएका छन् ।
तर टोकियोमा गम्भीर बिरामी भई अस्पताल भर्ना हुनेको संख्यामा भने कमी आएको छ । जापानमा मंगलबार ६३८ जना अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट मंगलबार एकै दिन ३०७ जनाको मृत्यु भएको छ ।