जापानमा अत्यधिक चिसो र हिमपातको सम्भावना, पूर्वसतर्कता अपनाउन आग्रह

जापानमा अत्यधिक चिसो बढ्ने र हिमपात हुने सम्भावना रहेकाले पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ ।

जापानमा बुधबारसम्म अत्यधिक चिसो हावाका कारण हिमपात हुन सक्ने मौसम अधिकारीहरुले चेतावनी दिएका छन् । जापानका उत्तर र पश्चिमी क्षेत्रमा मौसम अत्यधिक चिसो हुने बताइएको छ ।

हिउँदे दबाब प्रणालीले जापानमा मौसमलाई यो सिजनकै सबैभन्दा चिसो बनाउनसक्ने बताइएको छ ।

सी अफ जापानतर्फको तटीय क्षेत्रमा भारी हिमपातको सम्भावना छ । प्रशान्त तटतर्फका क्युशु, शिकोकु र तोकाईमा पनि हिमआँधी आउने सम्भावना छ ।

मौसमी विवरणबारे अपडेटड रहन र भारी हिमपात तथा अत्यधिक चिसोबाट बच्ने तयारी गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?