जापान : फुकुओका जाँदै गरेको विमानमा ‘बम छ’ भन्दै फोन आएपछि…


टोकियो, ७ जनवरी ।
जापानको नारिता विमानस्थलबाट दक्षिण पश्चिम जापानको फुकुओका विमानस्थलका लागि उडेको एक यात्रुवहाक विमान आइची प्रिफेक्चरमा आपतकालिन अवतरण गराईएको छ ।


जहाजको कार्गाेमा बम रहेको भन्दै धम्की आएपछि विमानलाई आकस्मिक अवतरण गराइएको एन एच के न्यूज जापानले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।


जेटस्टार जापानद्वारा संचालित यात्रुवाहक विमान शनिबार बिहान ७ः३० बजेको समयमा उक्त विमान टोकियो नजिकैको नारिता विमानस्थलबाट दक्षिणपश्चिम जापानको फुकुओका विमानस्थलका लागि उडेको थियो ।


विमानमा १३६ यात्रु र ६ जना चालक दलका सदस्य रहेको वाहकले जनाएको छ । उनीहरू आपतकालीन स्लाइड प्रयोग गरेर भागेका थिए । विमानस्थलका अधिकारीहरूका अनुसार विमानबाट बाहिरिने क्रममा पाँच जना घाइते भएका छन ।


नारिता विमानस्थलमा बिहान ६ः२० बजे जर्मनीबाट फोन आएको र जेटस्टार विमानको कार्गो रुममा बम राखेको भन्दै धम्की आएको श्रोतहरुले बताएको एन एच के ले जनाएको छ ।
ती कल गर्ने व्यक्तिले एक प्रबन्धकसँग कुरा गर्न आग्रह गर्दै, अन्यथा बम विस्फोट गरिदिने चेतावनी दिएका थिए । तर उक्त विमानमा अहिलेसम्म कुनै शंकास्पद वस्तु भने नभेटिएको प्रहरीले जनाएको छ ।घटनापछि विमानस्थलको धावनमार्ग बन्द भए पनि केही घण्टापछि सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?