एसिया कप क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित हात पारेसँगै भारत भने प्रतियोगिताबाट बाहिरिएको छ ।
सुपर फोरको पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको भारत अफगानिस्तानविरुद्ध खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको हो ।
सुपर फोरमा अब पाकिस्तान र श्रीलंका तथा भारत र अफगानिस्तानको खेल बाँकी छ । सुपर फोरमा पाकिस्तानले शुक्रबार श्रीलंकासँग खेल्नेछ ।
गएराति अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा भेट्टायो ।
पाकिस्तानका लागि शादब खानले सर्वाधिक ३६ रन बनाए भने इफ्तिखार अहमदले ३०, मोहम्मद रिजवानले २०, अशिफ अलीले १६ र नासिम शाहले १४ रन बनाए । अफगानिस्तानका फजलहक फारुकीले र फरिद अहमदले समान ३–३ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
अफगानिस्तानका इब्राहिम जद्रानले ३५, हज्रातुल्लाह जजाईले २१, राशिद खानले १८ र रहमानुल्लाह गुरबाजले १७ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका हरिस राउफले दुई विकेट, नशिम शाह, मोहम्मद हुसैन, मोहम्मद नवाज र शादब खानले १–१ विकेट हात पारे ।