धादिङमा जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता फागुन ७ देखि

कारु स्मृति प्रतिष्ठान र धादिङ पोष्ट डटकमको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता धादिङको बेनिघाट रोराङ–५, बिशालटार स्थित चन्द्रोदय मा.वि.को खेल मैदानमा हुने लागेको हो ।


फाल्गुन ७ गते देखि १० गते सम्म हुने  जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा धादिङ जिल्लाभरका १० टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

कारु स्मृति प्रतिष्ठान र धादिङ पोष्ट डटकमको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता धादिङको बेनिघाट रोराङ–५, बिशालटार स्थित चन्द्रोदय मा.वि.को खेल मैदानमा हुने लागेको हो ।


प्रतियोगिताको विजेताले नगद रु २५ हजार र उपविजेताले रु १५ हजार प्राप्त गर्नेछन् भने  उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले  रु ५ र ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडी छनोट गरी चितवन क्यानसँग समन्वय गरेर चितवन र धादिङ बीच गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेलाउने तयारी रहेको छ ।


प्रतियोगितामा बैरेनी क्रिकेट टिम, नौबिसे  क्रिकेट टिम, साङकोष क्रिकेट क्लब, त्रिपुरासुन्दरी क्रिकेट टिम, विशाल ज्योति क्लब, गणेश हिमाल क्रिकेट टिम, गजुरी क्रिकेट टिम, निलकण्ठ क्रिकेट टिम, मलेखु क्रिकेट क्लब र कारु मेमोरियल ट्रस्ट (बेनिघाट)  सहभागि हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?