जापान सरकारले ८ बजेपछि बन्द गरेका पसललाई थप ५ लाख येन प्रदान गर्ने

दोस्रो 感染拡大協力金(Kansen kakudai kyōryoku-kin) संक्रमण सहयोग कोष पनि पाउने भएको छ । टोकियो महानगरले दिइरहेको सहयोग कोष फेरि पनि पहिलेकै बराबर रकम १ पसललाई ५० मान र दुइ भन्दा वढीको हकमा १०० मानसम्म दिने भएको हो ।

कोरोना भाइरस संक्रमण रोक्नको लागि टोकियोले गरेको अनुरोधलाई सहयोग गरि मे ७ बाट बेलुका ८ बजे सम्म बन्द गरि सहयोग गर्ने साना तथा मझौला ब्यापार र ब्यक्तिगत ब्यापारलाई ५० मान र २ भन्दा वढी पसल भएको खण्डमा १०० मान फरी दिने निर्णय गरेको छ । जून १७ बाट आवेदन दिन सकिने छ ।

सहयोग पाउने प्रणाली
●आपतकालिन अबस्थाको कम्तिमा पनि मे ७ बाट ~ पसल बन्द अथवा ८ बजे भन्दा अघिनै बन्द गरिएको अवस्थामा, बिहान ५ बजेबाट बेलुका ८ बजेसम्म संचालन भएको भए प्राप्त गर्न सकिने

●राती ८ बजेबाट बिहान ५ बजे सम्म पूर्ण रुपमा बन्द गरिएको हुनु पर्ने
●४/१० तारिख भन्दा अघिबाट ब्यापार सुरु गरिएको नयाँ कम्पनीले पनि प्राप्त गर्न सकिने

●अप्लाइ अप्रिल ६/१७ (बुध) बाट सुरु गरिने
अप्लाइ अबधि ६/१७~ निर्णय पछि गरिने
अप्लाइ विधि होम पेज अथवा पोस्ट गरि गर्न सकिने

टोकियो महानगरले दिने सहयोग रकम प्राप्त गर्नको लागि आवश्यक कागजपत्र यस प्रकार छन् ।

खेस्सानस्योको फोटो कपी
होकेन ऐईग्यो क्योखास्यो फोटोकपी
पसलको भित्र र वाहिर साइन बोर्ड समेत देखिने गरी फोटो
मार्च वा अप्रिलको व्यापार र रेजी सीट
पसल बन्द वा समय छोट्याएको होम् पेज वा पोस्टरको प्रीन्ट
स्याच्योको लाइसेंस वा जाईर्यु कार्डको फोटो कपी
आबेदन पत्र
कम्म्पनीको बैंक अकाउन्ट
लिखित प्रतिज्ञा पत्र

पहिलो अप्लाइ अवधि यहि जुनको १५ तारिक सकिदै छ । त्यसैले अझै पनि गरि नसकेको व्यवसायीले समयमै अप्लाइ गरि सहयोग रकम
प्राप्त गर्न सकिने छ । पहिलो सहयोग रकम प्राप्त गरेको व्यवसायीलाई दोस्रो सहयोग रकम प्राप्त गर्न प्रक्रिया सजिलो बनाइएको जानकारी टोकियो महानगरले जनाएको छ ।

जानकारीको लागि यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।
Licensed tax accountant office akabane
070-4339-4972
03-6903-8817

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?