यसरी भिसा थप्न सक्ने छन्, जो नेपालको लक डाउनले जापान प्रवेश गर्न पाएका छैनन्

कोरोना भाईरसको महामारी सुरु हुनु अगाडि जापानबाट नेपाल फर्कनु भएकाहरुले भिसा सकिएमा के हुन्छ भनेर चिन्तित पक्कै हुनु हुन्छ । दिनानुदिन जापानमा पनि संक्रमण बढ्दो क्रममा छ ।

नेपालबाट जापान आउने कुनै सम्भावना रहेन । यसैलाई मध्ये नजर गर्दै केहि तथ्यहरु प्रस्तुत गर्ने कोसिस गरेका छौ ।

जापान बसोवासका लागि आवश्यक भिसाको म्याद सकियो भने यस्तो अवस्थामा तपाई जापान फर्किन पाउनु हुदैन तर जापान अध्यागमन विभागका अनुसार तपाईले फेरि जापान प्रवेशका लागि प्रवेश अनुमति पत्र (इलिजिबिलिटी) लिनु पर्ने छ । यस्तो अवस्थामा प्रक्रिया भने त्यति झन्झटिलो नहुने अध्यागमन विभागले जनाएको छ ।

अनुमति प्रवेश पत्रको फर्म र कोरोनाका कारण जापान प्रवेश गर्न नपाएको भन्ने कारण खुलेको पत्र (रियुस्यो) बुझाएमा यसैको आधारमा अध्यागमन विभागले अनुमति पत्र दिने नदिने निर्णय गर्ने छ ।

कारण पत्र भने आफू सम्बन्धित काम गर्ने कम्पनी अथवा अध्ययन गर्ने विद्यालयबाट जारि गराउनु पर्ने सर्त राखिएको छ ।

नयाँ अनुमति प्रवेश पत्र प्राप्त गरेको ३ महिना भित्र जापान प्रवेश गर्नु पर्ने हकमा भने ६ महिना भित्र जापान प्रवेश गर्न सकिने छ ।

अध्यागमन भिसा थप्नका लागि प्रक्रिया गरि (सिन्सेइच्यु) को अवस्थामा तपाई नेपाल जानु भएको छ भने जापानमा हुने कोहि आफन्त अथवा साथी भाईलाई प्रतिनिधि बनाई प्रक्रिया गरेमा नेपालमै भएको अवस्थामा पनि जापानमा नयाँ रेसिडेन्ट कार्ड (ZAIRYU CARD) लिन सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?