नेपाली व्यवसायीलाई खुशीको खबर: जापान सरकारले २० लाखसम्म दिगो लाभ सहयोग प्रदान गर्ने

जापान सरकारले साना तथा मझौला कम्पनीलाई लछित गर्दै २०० मान येन (नेरु २० लाख) सम्म फिर्ता नगर्न पर्ने गरि सहयोग अनुदान (दिगो लाभ) दिने निर्णय गरेको छ ।

बढ्दो कोरोनाको कहर र व्यवसायमा भएको भारी गिरावटले विश्व कै अर्थतन्त्रमा परिरहेको गहिरो प्रभावका कारण धेरै व्यवसाय बन्द हुने क्रम बढिरहेको यस घडीमा जापानले व्यवसाय धारासाही हुनबाट बचाउनका लागि प्रोत्साहन स्वरुप दिन लागिएको दिगो लाभ (持続化給付金) निर्ब्याजी सहयोग रकम (फिर्ता गर्नु नपर्ने) हो ।

जापान भित्र गरिरहेका व्यवसायको प्रोत्साहन स्वरुप कोरोना संक्रमणका कारण विशेष रुपमा प्रभावित व्यवसायको निरन्तरता प्रदान गराउन सहयोग गर्ने साथै फेरि पुन सुरु गर्न सकोस भन्ने हेतुले सो रकम जापान सरकारले दिन लागेको हो ।

यस बारे वृस्तृत जानकारी:
● सब्सिडी रकम : साना तथा मझौला कम्पनीको लागि २०० मान येनसम्म र कोजिन (व्यक्तिगत) व्यवसायलाई १०० मान येनसम्म दिने निर्णय भएको छ ।
गएको वर्षको १ वर्ष अवधिको उरिआगे (व्यापार) बाट घटेको हुनु पर्ने सीमा तोकिएको छ ।

● गएको वर्षको कुनै फेब्रुअरी, मार्च र अप्रिल महिनाको उरिआगे (व्यापार) यो वर्षको फेब्रुअरी, मार्च र अप्रिल महिना जुनै कुनै पनि ५० प्रतिशत भन्दा कम भएमा त्यहि अनुसार २०० मान येनसम्म हिसाब गरि दिने छ ।

● कोरोना संक्रमण रोगको कारण गएको वर्षको कुनै एउटै महिनाको अधारमा अहिले उरिआगे (व्यापार) ५० प्रतिशत भन्दा घटेको हुनु पर्ने छ ।

● सिहोन किन (क्यापिटल) १०ओकु येन (१ अरब) भन्दा कमको कम्पनी हुनु पर्ने (नेपाली कम्पनी प्राय पर्ने)

● अप्रिलको अन्तिम हप्तामा जापानको क्याबिनेटबाट पास गरि प्रक्रियाको निर्णय गर्ने छ र त्यसको १ हप्तामा अप्लाइ सुरु हुने छ ।

थप बुझ्न मन लागेमा सम्पर्क नम्वर: 070-4339-4972 / 03-6903-8817

जापानी भाषा बुझ्नेहरुका लागि:

Ogawa Immigration Visa Lawyer and Zeirishi को सहयोगमा तयार पारिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?