अप्रिल २२ देखि जापान पोस्ट अफिस दैनिक ५ घण्टा मात्रै खुल्ने (सूचना सहित)

जापान सरकारले भोलि अर्थात अप्रिल २२ तारिख देखि लागु हुने गरि जापान पोस्ट अफिसको काम गर्ने समय कोरोनाको कारण छोट्याएको छ । भोलि देखि नै लागु हुने गरि बिहान १० बजे देखि दिउसो ३ सम्म मात्रै जापान पोस्ट खुल्ने सूचना जारी गरेको हो ।

यस अघि १० बजे देखि ५ बजेसम्म खुल्ने गरेको थियो । सोमबार देखि शुक्रबारसम्म दैनिक ५ दिन खुला रहने छ । जापान पोस्टले बैंकिंग सेवा, ट्रान्सपोर्ट लगायतको सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?