पाल्पा समाज जापानको दोश्रो अधिवेशनमा ५० लाखको अक्षय कोषको घोषणा गरिने

टोकियो । विभिन्न पेशा व्यवसाय गरी जापानमा वसोवास गरिरहेका पाल्पालीहरुको संगठित संस्था पाल्पा समाज जापानको दोश्रो अधिवेशन हुने भएको छ ।

समाजको दोश्रो अधिवेशन टोकियोस्थित ओचुकामा डिसेम्वर ३१ तारिखका लागि तय गरिएको छ ।

आज भन्दा २ वर्ष अगाडि निरन्जन गैरेको नेतृत्वमा गठित समाजले जापानमा आईपर्ने जापानवासी नेपालीहरुको समस्यामा हातेमालो गर्दै जिल्लावासी पाल्पालीहरुलाई संगठित गर्दै आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

समाजले दोश्रो अधिवेशनबाट आगामी कार्यकालका लागि महत्वकाक्षी योजना सहित नयाँ नेतृत्व चयन गर्नुका साथै वृहत्तर संगठन विस्तारको अभियानलाई तिब्रता दिने बुझिएको छ ।

समाजले ५० लाखको अक्षय कोष स्थापनाका लागि अभियान समेत अगाडि सरेको छ साथै जापानस्थित नेपाली राजदूतावासको सहयोगमा पाल्पामा कृषि सम्वन्धि अत्याधुनिक उपकरण भित्र्याउने लक्ष्य लिएको अध्यक्ष गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?