टोकियोमा सामूहिक म्ह: पूजा तथा नेपाल सम्वत् ११३९ शुभकामना आदन प्रदान कार्यक्रम हुँदै

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यस वर्ष पनि म्ह: पूजा तथा नेपाल सम्वत् शुभकामना आदन प्रधान कार्यक्रम आयोजना गर्ने भएको छ ।

जापान टोकियोमा पनि नेवारहरूको पुरानो संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले आफ्नो स्थापना काल २००३ साल देखि हरेक वर्ष म्ह: पूजा आयोजना गर्दै आएको छ र त्यसैको निरन्तरता स्वरूप यस वर्ष पनि गर्ने भएको हो ।

आफ्नो परम्परालाई विदेशमा पनि जीवित राख्ने, जापानी लगायत अन्य समुदयको व्यक्तिहरूलाई आफ्नो परम्परा परिचय गराउने साथै आफ्ना सन्ततीहरूलाई आफ्नो मातृ सस्कृति चिनाउदै लग्ने यस कार्यक्रमको प्रमुख उदेश्य रहेको फोरमका महासचिव शिव तण्डुकारले बताए ।

नेपाली लगायत अन्य बिदेशीहरूको बाक्लो वसोवास भएको कोतोकु स्थित कितासुना दान्ची हलमा नोभेम्वर १० तारिखको दिन म्ह: पूजा आयोजना गर्न लागिएकोले सहभागीताको लागि जापानवासी नेपालीलाई आह्वान पनि गरिएको छ ।

सामुहिक म्ह: पूजा हुने भएकोले सहभागी प्रत्येकलाई मण्डप तयार गरिने छ र त्यसको लागि ४ नोभेम्वर सम्म संस्थाको पदाधिकारीलाई सम्पर्क गरी अग्रिम बुक गर्नु पर्नेछ । मण्डप बुकिङको लागि मोबाईल नं ०८०-६५५५-६६६७, ०७०-१२११-१५०२, ०८०-८९६५-३३११ मा सम्पर्क गर्नहुन अनुरोध सहित अग्रिम बुकिङ नगरी सिधै कार्यक्रममा आउदा मण्डप उपलब्ध गराउन नसक्ने हुँदा संस्थाको पूर्व जानकारी गराएको अध्यक्ष दीपरत्न शाक्यले जानकारी गराएको छ ।

त्यसै दिन नेवारहरूको नयाँ वर्ष नेपाल सम्बत पनि सुरू हुने भएकोले नयाँ वर्षमा सुख, स्वास्थ र शान्तिको कामना गरी एकआपसमा शुभकामना आदन प्रदान गरिने कार्यक्रम पनि हुनेछ ।

कार्यक्रम
●मिति : १० नोभेम्वर, शनिवार
●समय : दिउसो २ बजे बाट
●स्थान : कोतोकु कितासुना ५ चोमे दान्ची २०-१, बिल्डिङ नं १

अत: नेवार समुदयको स्वन्ती (तिहार) अथवा म्ह पूजा एक ठूलो पर्व हो । म्ह: पूजा अर्थात आफ्नो जिउ शुद्व गर्ने, रोग व्यादी नलागोस् भन्ने हेतुले आफु लगायत घरका सबै परिवारको शरिरको पुजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?