कानागावामा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आईरहेका नेपाल्लीहरुले ३०० जापानी नागरिकलाई नेपाली परिकार खुवाएर दशैँ मनाएका छन् । जापान सरकारको संरक्षणमा रहेर दैनिक जीविकोपार्जन गरिरहेका जापानी नागरिकहरुलाई कानागावा नेपाली कम्युनिटीले नेपाली खाना खुवाएको हो । गत साल झैँ यसपटक पनि कम्युनिटीको अग्रसरतामा कोतोबुकिचो मै पुगी खाना खुवाएका हुन् ।
जापान सरकारको रेखदेखमा रहेका ३०० जना वृद्ववृद्वाहरुलाई एक साथ खाना खुवाएको कम्युनिटीका अध्यक्ष हरि सापकोटाले जनाए ।
नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसरमा कम्युनिटी आफ्नै खर्चमा खाना खुवाएको थियो भने यसको उदेश्य जापानमा नेपाली पहिचान र विगतको निरन्तरता स्वरुप सो आयोजना गरिएको थियो।