जापान पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भनी प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई आइतबार काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार बुझाइएको छ ।

सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर-७ की हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका-९ घर भई हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई २०७४ माघ ८ र ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान पश्चात ठगी मुद्धामा काठमाडौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको २०७४ माघ २९ गतेको आदेशले १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी कारागार चलान भएकी थिइन् र लालमणी दनुवार २०७५ जेठ १५ गते १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । अभियुक्त सविन प्रकाश दनुवार उक्त मिति देखिनै फरार रहेका थिए ।

अनलिमिटेड SOFTBANK AIR वाईफाईपहिलो पटक भुक्तानी 0 येन ! आवेदन दिन सजिलो छ ।प्रति महिना 3800+8% tax = 4104 येन मात्र…

Posted by Sunrise Corporation Limited on Saturday, August 25, 2018

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?