जापानमा शक्तिशाली आँधीः ७ को मृत्‍यु, २ सय घाइते र हजारौं विस्थापित

जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी जाँदा ७ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् ।

मंगलबार ठूलो वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो । जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथै ट्यांकरसमेत उडाएर पुलमा ठोक्काइदिएको छ ।

आँधीले उत्तर दिशा समातेकाले यो कमजोर हुने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ठूलो वर्षातका कारण कतिपय ठाउँमा पहिरोसमेत गएको छ ।

आँधी र पहिरोबाट दश लाख प्रभावित भएका छन् । आँधी, बाढी र भू–क्षयको खतरा बढेपछि सरकारी अधिकारीहरुले घर छाड्न मानिसहरुलाई निर्देशन दिएका छन् ।

बीबीसीका अनुसार दशौं हजारले भने यसअघि नै घर छाडेर सुरक्षित स्थान रोजिसकेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

आँधी र बाढीपछि सयौ हवाई सेवा, रेल तथा डुंगाहरुको सेवा रद्द गरिएको छ ।

बीबीसीका अनुसार ओसाकाको कान्सै अन्तर्राष्ट्रिय विमानस्थल बाढीले घेरिएको छ ।

जापान यस्ता आँधी तथा तुफानहरुको मारमा विगतदेखि नै पर्दै आएको छ । गत जुलाइमा मात्रै जापानमा गएको पहिरो तथा बाढीका कारण २ सय जनाले ज्यान गुमाएका थिए ।

犀利士5mg
न् १९९३ मा जापानमा गएको आँधीमा परी ४८ जनाको ज्यान गएको थियो । मंगलबार गएको आँधीलाई त्यसपछिकै शक्तिशाली भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?