नेपाल फेष्टिवलमा गरिएको लक्की ड्र को भाग्यशाली विजेताहरुको नामावली प्रकाशित

टोकियो । नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सयुक्त आयोजनामा सम्पन्न नेपाल फेष्टिवल २०१८ मा एनआरएनए जापानले गरेको भाग्यशाली चिट्ठाको लक्की ड्र को विजेताहरु सार्वजनिक गरिएको छ ।

एनआरएनएका आईसीसी युवा संयोजक सुदन थापा र एनआरएनए जापानका अध्यक्ष टासी लामाको रोहवरमा लक्की ड्र को नतिजा सार्वजनिक गरिएको हो ।

एनआरएनए जापानले गरेको भाग्यशाली चिट्ठा कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिव पौडेल, महासचिव बुद्विराज घिमिरे, प्रवक्ता पर्शु बस्नेत, कान्तो संयोजक नविन निउरे र जनसम्पर्क समिति जापानका उपसभापति पुस्करजंग थापा लगायतको उपस्थितिमा बम्पर उपहार विजेताहरु घोषणा गरिएको हो ।

सो भाग्यशाली चिट्ठा कोमाजावा पार्कबाट सार्वजनिक गरिएको थियो । पुरस्कार विजेताहरुको दावी आईनसकेकोले सबैको नाम सार्वजनिक गरिएको छैन ।

विजेताहरुको नामावली यस प्रकार छन् ।
प्रथम पुरस्कार :- चिट्टा न ३२५४ (निम बहादुर खड्का)
दितिय पुरस्कार :- चिट्टा न ३३८६
तृतीय पुरस्कार १ : -चिट्टा न २३०० (असिम बस्नेत)
तृतीय पुरस्कार २ : -चिट्टा न १०००

आफ्नो अर्धकट्टी सहित एनआरएनए कान्तोमा समयमै दावी प्रस्तुत गर्न समेत संयोजक निउरेले अनुरोध गरेको छ । आयोजक एनआरएनए जापानले दावी प्रस्तुतका लागि ०८०-४१४५-९९५५ (नविन निउरे) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सो चिट्ठा कार्यक्रमको संयोजन एनआरएनए कान्तो क्षेत्रीय समितिले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?