लामो समय देखि कर्मथलो बनाएर जापानमा वसोवास गरिरहेकी साहित्यकार सरिता ढकालले आफ्नो शब्द रचना समाविष्ट राष्ट्र प्रेमी गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
जापानको विभिन्न स्थानमा छायांकन गरिएको “आउछौ हामी” बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीतलाई संगीतकार अमृता लावागुनले संगीत भरेका छन् भने स्वर दुर्गा परियार, मुना गुरुङ र अमृत लावागुनको रहेको छ ।
साहित्यमा समेत रुची राख्ने ढकालले पहिलो गीत बजारमा ल्याएकी हुन् l सो गीतको भिडियो रोशन कार्कीले निर्देशन गरेका छन् भने सम्पादन कृष्ण हरि खड्काले गरेका हुन्।