कोलम्विया माथि जापानको सानदार जीत

मस्को । रुस विश्वकप अन्तर्गत मंगलबारको पहिलो खेलमा जापान विजयी भएको छ । सुरु भएको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेले रेडकार्ड पाएपछि जापानले पहिलो पेनाल्टी पाएको थियो ।

डिबक्स भित्र हेन्ड गरेपछि अम्पायरले खेल सुरु भएको तीन मिनेटमै कोलम्बियाका स्ट्राइकर सान्चेलाई रेडकार्ड दिएका थिए।

डिबक्समा हेन्ड गरेपछि रेडकार्डसँगै अम्पायरले पेनाल्टी दिए । पेनाल्टीमार्फत् खेल सुरु भएको ६ मिनेटमै जापानका सिन्जी कागवाले गोल गरेका हुन् ।

सुरुमै रेडकार्ड पाएर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले आक्रमक खेल प्रदर्शन गर्यो । खेलको ३९ औँ मिनेटमा फ्रिकिकमार्फत् कोलम्बियाका जुना क्वीनटरोले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

जुनाको फ्रिकिक जापानका गोलकिपरले गोल लाइनभित्र पसेपछि मात्र समातेका थिए । खेलको सुरुमा संकटमा परेको कोलम्बियाले पहिलो हाफमा बराबरी गरेपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो ।

पहिलो हाफमा बराबरी बनाएको कोलम्बियाले दोस्रो हाफमा जापानलाई रोक्न सकेन । जापानका लागि युवा ओसाकाले ७३ औँ मिनेटमा हेडमार्फत दोस्रो गोल गरे । जापानका लागि किस्युके होण्डाले प्रहार गरेका कर्नरलाई ओसाकाले हेडमार्फत् सुन्दर गोलमा परिणत गरेका थिए । यो गोल नै खेलमा निर्णायक बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?