अब नेपालले जापानमा साताको १४ उडान गर्न पाउने

काठमाडौं । सबै प्रकारका नेपाली जहाजले जापानका विभिन्न सहरमा सिधा उडान गर्ने बाटो खुल्ला भएको छ ।

नेपाल र जापान सरकारका प्रतिनिधिबीच सोमबार भएको छलफलमा नेपाल–जापान तथा जापान–नेपाल सिधा उडान गर्न पाउने गरी सहमति भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।

दुई पक्षीय सहमतिनुसार नेपाली जहाजले जापानको हानेडा विमानस्थल बाहेक सबै ठाउँमा उडान गर्न पाउने भएका छन्। सम्झौता अनुसार नेपाली वायुयानले सातामा १४ वटा उडान गर्ने पाउनेछन्।

यसैगरी ‘फ्रिडम अफ ट्राफिक राइट’ अनुसार पनि नेपाली जहाजले सातामा १४ वटा उडान भित्रै रहेर तीन वटा उडान गने पाउने सहमति भएको वार्तामा सहभागी नेपालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?