म्याग्दी प्रवासी नेपाली संघ मोना अन्र्तराष्ट्रियका कोषाध्यक्ष राम खड्काले अभिनय गरेको ‘सम्झे मायाँ गहिरो’ नामक एल्बमबाट बैसरीको पहिरो बोलको गीत बजारमा आएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका २ भगबती र अन्नपूर्ण गाउँपालिका ८ राम्चेको पहाड खसेर पुरिएको बैसरीको पहिरोलाई जोडेर सार्वजनिक भएको गीत लोकप्रिय गायक तथा सर्जक सुर्य खड्का र लोकप्रिय गायीका देवी घर्तिको आवाजमा बजारमा आएको हो ।
प्रदेशमै रहेर पनि गित संगीतमा निरन्तर लागि परिरहेका गायक सर्जक तथा गायक खड्काकोले म्याग्दीमा खसेको पहिरोलाई सम्झिएर गाएको गीतमा राम खड्काको अभियनलाई जोडेको बताए ।
सिपी मगरको निकै उत्कृष्ट शव्द सिर्जना रहेको सो गितमा सुर्य खड्काकै लय सिर्जना रहेको छ ।
स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेको सो गितमा राम खड्का र रिना थापा मगरको अभिनय रहेको छ ।
अभियन गरेका खड्काले आफ्नै जिल्लाका बारेका बनेको गीतमा अभियन गर्न पाउँदा खुसी लागेको बताए ।
उनलमाया प्रेमलाई विषयबस्तु बनाएको भएपनि प्राकृतिक विपत्तीले बैसरीमा पुगेको समस्यालाई लक्षित गरिएको बताए । भिडियोले चर्चा कमाएको छ ।