टोकियो । नेपाली सुगम संगीतका सिद्धहस्त गायक रामकृष्ण ढकाल तथा जापानलाई कर्मथलो बनाएका सफल सर्जक रामकृष्ण बम मल्ल र लक्ष्मण कार्कीको सांगीतिक कोशेली आफ्नो भाग्य सार्वजनिक भएको छ ।
यस गीतमा रामकृष्ण ढकालको ओजस्वी स्वर र रामकृष्ण बम मल्लको सुमधुर संगीत रहेको छ भने शब्द लक्ष्मण कार्कीको रहेको छ ।
जापानमा रहेका विभिन्न सर्जकहरुको शब्द, रामकृष्ण बम मल्लको एकल संगीतमा तयार भएको सहयात्रा एल्बमको यो शिर्ष गीत हो ।जापानमा एक कार्यक्रमका बीच बिमोचन गरिएको यस एल्बमका गीतहरु भिडियो सहित सार्वजनिक गर्ने क्रम जारी छ ।
यस गीतको भिडियो रोशन कार्कीले निर्देशन गरेका छन् भने अभिनयमा सुरज खड्का र प्रमिला खत्रीको अभिनय देख्न सकिन्छ । आर एस डिजिटलको प्रस्तुति रहेको यस गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फ़त सार्वजनिक गरिएको छ ।