जापानमा पहिलो पटक सुर्य इन्टरनेश्नल अवार्ड आयोजना गरिदै

टोकियो । सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्ने भएको छ ।

कर्पोरेसनले जापानमा पहिलो पटक र जापानमै पहिलो पटक अवार्ड कार्यक्रम हुने भएको हो ।

अवार्डमा नेपालबाट नयाँ पुराना ख्याति प्राप्त कलाकारहरु टोकियोको एकै स्टेजमा देखा पर्ने छन ।

३ घण्टा चल्ने सो अवार्ड शोमा कमेडी, डान्स, गायन लगायत प्रस्तुति रहने आयोजक सस्था सुर्य कर्पोरेसनले जनाएको छ ।

सुर्य इन्टरनेशनल अवार्ड नामक अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ ।

चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५/५ नोमिनेसनमा रहने व्यवस्था रही अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ ।

सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा तय गरिएको अवार्ड शोको विस्तृत जानकारी टोकियोमा एक पत्रकार सम्मेलनका बीच जानकारी गरिने सुर्य कर्पोरेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?