टोकियो । जापानमा नेपाली चलचित्र छक्का पन्जा ३ प्रदर्शन हुने पक्का भएको छ । छक्का पन्जा ३ जापान प्रदर्शनको राईट्स सुर्य कर्पोरेसनले लिएको हो ।
दीपाश्री निरौला निर्देशित छक्का पन्जाको सिरिज छक्का पन्जा ३ बिजया दशमीको फुलपातीको दिन प्रदर्शनको मिति तोकिएसंगै देश विदेशमा प्रदर्शनको तयारीमा जुटिरहेको छ ।
हाल सुटिङका क्रममा रहेको सो चलचित्रमा दिपक राज गिरी, दिपाश्री निरौला, जितु नेपाल, किरण केसी, केदार शर्मा, बुद्विमान तामाङ्, प्रियंका कार्की, पुष्पल खड्का लगायत दर्जनौ चर्चित कलाकारहरुको अभिनय रहने छ ।