एमाले र माओवादी केन्द्रको औपचारिक एकतापछि आज गठन हुँदै गरेको एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्रीय कार्यालय’ गठन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको शीर्ष स्थानमा छन्। दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहनेछन्। त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्।
बिष्णु पौडेल पार्टीको महासचिव रहनेछन भने नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता चुनिएका छन।