टोकियो ।आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिख आइतबारका दिन बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।
साइतामाको मुसासी उरावा स्टेशन नजिकै रहेको दोमन ग्रीन पार्कमा हुन गईरहेको उक्त कार्यक्रममा जापानबासी दाजुभाइ तथा दिदिबहिनीलाई उपस्थितिको निम्तिआग्रह गरिएको छ ।
मनोरन्जनको साथै जापानमा रहेका सबै सङ्गठनमा आबद्ध व्यक्तिहरु एकै ठाँउमा उपस्थित भै परोपकारी काममा सहयोग गर्न र परिचित हुने अवसर नगुमाउन समाजका अध्यक्ष सागरमणी भण्डारीले आग्रह गरेका छन ।
विगतका दिनमा पनि विभिन्न मनोरन्जनात्मक र सामाजिक कार्यक्रम गर्दै आइरहेको स्याङ्ग्जा समाजको यस पटको बार्बिक्यु कार्यक्रम दोस्रो हो ।