टोकियो । नयाँ शक्ति पार्टी नेपालको प्रवास प्रादेशिक समितिको वैठकले जिम्मेवारी बाँडफाड गरेको छ ।
समितिको वैठकले जापानमा क्रियाशील सरिता ढकाललाई पार्टीको प्रवास महिला विभाग संयोजकमा चयन गरेको छ भने सह संयोजकमा अनु भट्टराईलाई चयन गरिएको छ ।
उनले नयाँ शक्ति पार्टीको विभिन्न २८ देशमा क्रियाशिल प्रवास संगठनको महिला विभागको नेतृत्व गर्ने छिन् ।
अन्तराष्ट्रिय नेपाली समाज जापानको पूर्व उपाध्यक्ष समेत हुन् ।