प्रचण्डको जवाफ वाईसीएललाई झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाइ अप्ठ्यारो पर्नु हो ।’ ‘जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।’

वाइसियल नेपाल केन्द्रीय स्कुलिङ बिभागको आयोजनामा “समसामयिक परिस्थितिमा युबाहरुको भूमिका” बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम मा सम्बोधन संबोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्देश्य प्राप्तिको लक्ष्य लिएको पार्टी, बैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका खेल्दै समाजवादी क्रान्तिको बाकी कार्यभार पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यात्राको क्रममा थकाम मार्ने र निरन्तर आगाडि बढ्ने भन्दै वाइसीएल नेपाल पुनर्गठन भएपछि सक्रिय भूमिका निभाउदै अग्रगामी सोच तथा कार्यक्रमको विकास भएको भन्दै संगठन प्रति खुशी ब्यक्त गरेका थिए । पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको भन्दै युवाहरुको उत्साह प्रति सकारात्मक रहेको बताए।

प्रचण्डले सम्बोधनको केहि अंश जस्ताको त्यस्तै

# क्रान्ति अधुरो अपुरो भयो । प्राप्त उपलब्धिलाइ जागाउँदै अघि बढ्नुपर्छ । हामी पूर्ण बिजय नभएपनि हारेका होइनौं ।
# वाइसिएलको नया कार्यसमितिले मूल नेतृत्वको स्पिड जोगाउन पहल गर्यो ।
# विचार र राजनीति छाडेर एकता कुनै हालतमा हुँदैन् ।
# मानिस बुढो भएपनि विचार बुढो हुदैन् । त्यसैले मेरो युवासँग बिचार मिल्छ ।
# युवालाइ नीति निर्माणमा नल्याए देश दुर्घटनामा पर्छ ।
# सहिद, बेपत्ता र घाईतेको उचित व्यवस्थापन गरिनछ ।
# पहिला नेताहरु त्याग, बलिदानको प्रतिस्पर्धा गर्न तयार हुन्थ्यो । तर अहिले लाभको पद लिन प्रतिस्पर्धा गर्छन् ।

कार्यक्रममा पार्टी नेता एबम नेपाल सरकारका गृहमन्त्री बादलले बिकास र सम्वृद्धि ल्याउन दलाल पुँजीपतिलाइ निस्तेज गर्नै पर्छ, हरेक क्षेत्रका सिण्डिकेट अन्त्य गरि दलाल पुजिबाद लाइ जरै देखि फाल्ने । हुन्डी, मदिरा तस्करी, मानब तस्करी, बैदेशिक रोजगार ठगि, गुन्डा डन हरुलाई सखाप पार्न वाईसीएल लाग्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?