परमाणु परिक्षणस्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा

काठमाडौं । उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परिक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ ।

शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो ।

त्यसलगत्तै उत्तर कोरियाले मे महिनाबाट परमाणु परिक्षणस्थल बन्द गर्ने जानकारी दिएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै सामाचार एजेन्सी एएफपीले जनाएको छ ।

साथै उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ पनि परिवर्तन गर्नेछ । हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ । अब परिवर्तन गरेर समान बनाउने उत्तर कोरियाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?