६५ वर्षपछि दुई कोरियाका प्रमुख बीच भेट (फोटो फिचर)

काठमाडौँ । सन् १९५०-५३ को कोरियाली युद्धको पीडा भुलाउँदै दुई कोरिया बीच मिलन भएको छ ।

किम जोङ्ग उन ६५ वर्षपछि पहिलो पटक दक्षिण कोरियाको यात्रा गर्ने पहिलो उत्तर कोरियाली शासक बनेका छन् ।

उन शुक्रबार सिमानामा हिँडेरै दक्षिण कोरि

या छिरे । जहाँ उनलाई स्वागत गर्न दक्षिण कोरियाली राष्ट्रपति मुज ने इन तयार भएर बसेका थिए ।

किमले उत्तर कोरियाली भूमिबाट पाइला उचाल्दै दक्षिण कोरियाली भूमिमा टेक्ने बित्तिकै मूनले न्यानो स्वागत गरे । त्यसपछि उनीहरुसँगै सम्मेलन स्थल तर्फ लागे ।

दुई देशका शीर्ष नेताबीच ६५ वर्षको मिलनले दुई देशमा त खुसियाली ल्याएको छ नै विश्व राजनीतिमा पनि यो ऐतिहासिक घटना भएको छ ।

आणविक संकटमाथि हुन लागेको सम्मेलनमा दुई देशका नेता एकै ठाउँमा उभिने भएपछि एसियाली सेयर बजारमा पनि हरियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?