गोरखा भूकम्प गएको तीन वर्ष: राष्ट्रपति वसन्तपुर, प्रधानमन्त्री धरहरा जाने

काठमाडौं । गोरखा भूकम्प गएको आज तीन वर्ष पूरा भएको छ । बिनाशकारी भूकम्पको सम्झनामा आज विविध कार्यक्रम हुँदैछन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले बिहान धरहरा परिसरमा आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् ।

कार्यक्रममा भूकम्पमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिने र प्राधिकरणले हालसम्म गरेका कामबारे जानकारी दिइने जानकारी प्राप्त भएको छ ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो काठमाडौं दरवार परिसरको अवलोकन गर्ने कार्यक्रम छ । भूकम्पमा क्षति पुगेको दरबार परिसरका ऐतिहासिक सम्पदाको हाल पुनर्निर्माणको काम जारी छ ।

गत ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा झण्डै १० हजारले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।

भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि घरबारविहीन भएका सबै पीडितहरुलाई छानोमुनि ल्याउन सरकारले सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?