गायक दिपक बज्रचार्यको ’मन मगन’ चर्चामा (भिडियो सहित)

काटमाडौं । पप गीत संगीतको क्षेत्रमा अलग पहिचान बनाउन सफल गायक दिपक बज्रचार्यको ‘मन मगन’ ले युट्युबमा राम्रो भिउज पाईरहेको छ ।

कुनै समयमा दिपक बज्रचार्य स्टेजमा आउना साथ हजारौ दर्शक एउटै आवाजमा ‘ओ अमिरा, मायाको डोरीले, फर्केर आउने छैन् भन्दै उफ्रन थाल्थे जसका कारण जुनसुकै कार्यक्रमको उत्साहको कुनै सिमा नै हुँदैन थियो । नेपालीको मन, मुटुका सारथीका रुपमा अब्बल गायक बज्रचार्यद्वारा सार्वजनिक भएको यस गीतको भिडियो अहिले युट्युबको चर्चामा रहेको छ ।

सुब्रत आचार्यले निर्देशन गरेको गीतमा अनिल के मानन्धरले छायांकन गरेका हुन् भने संगीत रिक्की शाक्य र दिपक आफैले दिएका छन् ।

उक्त म्युजिक भिडियोले नेवार समुदाय भेषभूषा र संस्कृति र जात्राहरुलाई व्यापक रुपमा प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?