एक महिनामा घटाउन सकिन्छ मोटोपन, तर यस्तो छ सर्त

यदि मोटोपन घटाउने हो भने केही सर्त बनाउनुपर्छ । उक्त सर्त पालना गर्नुपर्छ । धेरै समय पर्दैन, एक महिना यो प्रयोग गरेर हेरौं । एक महिमा पक्कैपनि तपाईको तौल नियन्त्रण हुनेछ ।

सर्त-१

पहिलो सर्त के भने, खानपानको तालिका व्यवस्थित गरौं । तर, खानेकुरामा कटौती नगर्नुहोस् । बरु कुन समयमा के खाने र कति खाने भन्ने कुरा निर्धारण गरौं । सकेसम्म दिनमा चार वा पाँच पटक खाने गरौं । धेरै पटक खाँदा थोरै-थोरै खाइन्छ । यसले गर्दा खानेकुरा सजिलै पच्छ । बोसोको रुपमा जम्मा हुँदैन ।

सर्त- २

ब्रेकफास्ट नछुटाउनुहोस् । ब्रेकफास्ट लिएपछि ओभर डाइटबाट बचिन्छ । खानपानको तालिका मिलाउन सकिन्छ । खानेकुरामा दाल, भात, तरकारी सबै सामेल गरौं तर, चिल्लो, मसलेदार, भुटेको, बोसोयुक्त खानेकुरा सेवन नगरौं । बजारमा पाइने जंकफुड, फास्टफुड जस्ता खाना पहरेज गरौं । गुलियो खानेकुरा, मिठाई बाट बचौं । सकेसम्म आफ्नै भान्सामा पाकेको स्वस्थ्य, तेलरहित खानेकुरा सेवन गरौं ।

अझ संभव हुन्छ भने, उसिनेको खानेकुरामा जोड दिनुपर्छ । मोटोपन घटाउने प्रभावकारी उपाय हो यो । बिहान-बेलुकीको छाकमा उसिनेको तरकारी, साग सेवन गरौं ।

सर्त- ३

हरेक छाकको खानामा सलाद, हरियो सागपातलाई महत्व दिनुहोस् । खानामा अन्नको भन्दा सलादको मात्रा बढी होस् । सलाद भरपेट खानुहोस् । यसमा कांक्रा, गाजर, मूला, चुकन्दर हुनसक्छ । मुला सर्वोत्तम हुनसक्छ । यससँगै दिनमा एक पटक ताजा फलफूल सेवन गरौं ।

सर्त- ४

पर्याप्त ग्रीन टि सेवन गरौं । दिनभरमा चार वा पाँच गिलास ग्रीन टि पिउनुहोस् । दिनभरमा कम्तिमा तीन लिटर पानी पिउनुपर्छ । ताजा जुस, सर्वत पनि सेवन गर्न सकिन्छ । शरीरमा ठोस खानेकुरा भन्दा पानीको मात्रा बढी हुनुपर्छ ।

सर्त-५

उएठ्ने र सुत्ने तालिका निर्धारण गरौं । संभव भएसम्म राती चाडै सुतौं, आठ वा नौ बजेभित्र । पर्याप्त निन्द्रा लिनुपर्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । बिहान चाडै उठौं । उठ्नसाथ मनतातो पानी पिउनुहोस् ।

सर्त-६

बिहान व्यायाम गर्ने, मर्निङवाक गर्ने जस्ता कुरालाई प्राथमिकतामा राखौं । बिहान कम्तिमा ४५ मिनेट व्यायाम गरौं । योग, ध्यान गर्न सके अझ राम्रो हुन्छ । दिनभर एकै ठाउँमा बसिरहने नगरौं । हिँडौं, यतायता काम गरौं, लिफ्टको ठाउँमा भर्‍याङ उक्लने गरौं ।

सर्त-७

अनुशासित जीवनशैली अपनाउने अभ्यास गरौं । सही समयमा खाने, सही समयमा सुत्ने, सही समयमा व्यायाम गर्ने, सही समयमा शौच क्रिया गर्ने अभ्यास गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?