गोल्डेन विकमा ‘साकुरा नाईट ३’ जापानको ३ शहरमा हुंदै

टोकियो। गोल्डेन विक सुर्य कर्पोरेसनले गत वर्ष जस्तै जापानको ३ शहरमा ”साकुरा नाईट ३” नामक वृहत सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

मे महिनाको पहिलो सातामा पर्ने गोल्डेन विकको अवसर पारी कर्पोरेसनले जापानको मुख्य ३ शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

सो सांगीतिक कार्यक्रममा नेपालका निकै चर्चामा रहेका संचारकर्मी एवं कार्यक्रम प्रस्तोता नरेश भट्टराई । भट्टराई सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर पनि भएकाले हरेक बर्ष हुने कार्यक्रमा उनको उपस्थिति निश्चित प्राय हुने बुझिन्छ ।

कार्यक्रममा आधुनिक गायक हेमन्त शर्मा, पप गायक कमल खत्री, लोक गायक मिलन लामा, आधुनिक गायिका मिलन अमात्य र कमेडी किंग सन्दिप क्षेत्रीको प्रस्तुति रहने तय भएको छ ।

कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखी र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिएका छन ।

अघिल्लो वर्षको साकुरा नाइट २ मा सुर्य कर्पोरेसनले मानवसेवा आश्रमलाई १ लाख ११ हजार १११ सहयोग गरेको थियो । टेक्निकल सपोर्ट डिजे जोन छन्त्यालले सहयोग गर्ने भएको छ । कार्यक्रममा बाल कलाकार दिव्या नेपाल, स्थानीय कलाकार राजेश केसी र लक्ष्मी केसीको पनि प्रस्तुति रहने छ ।

कार्यक्रम गोल्डेन विकको पहिलो साता २०१७ मे ३ तारिक बिहिवार टोकियोबाट सुरु हुनेछ । मे ४ तारिख शुक्रवार नागोया र मे ५ तारिख शनिवार ओशाकामा हुने छ ।

कार्यक्रममा सहकार्य गरिएका र गरिने एसोसियट पार्टनर, मिडिया पार्टनर, रेमिट्यान्स पार्टनर, ट्राभल पार्टनर लगायत विभिन्न सपोर्टर सहितको पोस्टर केहि दिनमा सार्वजनिक गरिने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?