भूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा जापानमा श्रद्वाञ्जली सभा गरिने (भिडियो सहित)

टोकियो । कानागावा नेपाली कम्युनिटीले ३ वर्ष अघि नेपालमा गएको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा मैनबत्ती बालेर श्रद्धान्जली सभा आयोजना गर्ने भएको छ ।

अप्रिल २५ तारिखमा ३ वर्ष पुगेको दिन श्रद्धान्जली सभा गर्न लागेको हो । कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाले बताउनुभयो ।

२०७२ साल वैशाख १२ गते बारपालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए ।

सोहि दिन श्रद्धान्जली सभापछि जापानी नागरिक इसिकावा वोनले तयार पारेको भूकम्प सम्बन्धी डकुमेन्ट्री “संसारको सबैभन्दा सुन्दर गाऊँ” (世界で いちばん美しい村) को प्रदर्शन पनि गरिने कम्युनिटीका अध्यक्ष हरि सापकोटाले बताए ।

कार्यक्रम कानागावा केनमिन सेन्टरमा (योकोहामा) साँझ ६ बजे गरिने आयोजकले जनाएको छ । कम्युनिटीले सहभागी हुनका लागि जापानवासी नेपालीहरुमा अनुरोध समेत गरेको छ । डकुमेन्ट्री हेर्नका लागि १ हजार येन शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?