जापानमा नेपाली विद्यार्थीहरुका चुनौती र सम्भावनाहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिदै

टोकियो । गैरआवासीय नेपाली संघ जापान कान्तो क्षेत्रीय समितिले टोकियो र आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गरी विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जापानमा नेपाली विद्यार्थीहरुका चुनौती र सम्भावनाहरु विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली विद्यार्थीहरुका लागि जीवनोपयोगी कामको खोजी गर्ने र विद्यार्थीहरुलाई विश्वविद्यालयमा अध्ययनमा सहज र छात्रवृत्ति लिन सहज गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको एनआरएन कान्तोका सचिव अनुज राज क्षेत्रीले जानकारी दिएका छन् ।

कार्यक्रममा जापानका विभिन्न भाषा विद्यालय, विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरु सहभागी हुने छन् । उनीहरुसँग जापानमा अध्ययन गर्दा आउने अवसर र चुनौती तथा पाउने दुःखहरुको कसरी सामना गर्ने भन्ने विषयमा अन्तरक्रियामा छलफल हुनेछ ।

यसै गरी विद्यार्थी भिषमा जापान आएर विभिन्न कम्पनीमा काम गरिरहेका नेपालीहरुसँग विद्यार्थीबाट जापानी कम्पनीमा कसरी सफल बन्ने, कस्ता चरण र तयारी पुरा गर्नु पर्दछ लगायतका विषयमा समेत छलफल हुने क्षेत्रीले बताए । अन्तरक्रिया कार्यक्रममा सेन्मोन गाक्को र विश्व विद्यालयको बारेमा समेत जानकारी गराउने आयोजकले जनाएको छ ।

सो कार्यक्रम शिवुया स्थित किता शिन्जुकु २-३-७ (काशीवागी क्षेत्रीय केन्द्र) मा अप्रिल ३० तारिखका दिन हेन आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित हुनेहरुले 03-3363-7036 मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?