चिनियाँ प्रधानमन्त्री जापान भ्रमणमा आउने

जापान । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ यस वर्षको मध्यतिर जापानको भ्रमण गर्ने भएका छन् ।

चीन जापान संयुक्त बैठकका लागि उनी जापान जान लागेका हुन् ।

‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गर्नुभएको छ त्यसैले यसै वर्षको मध्यतिर म जापान जानेछु,’ प्रधानमन्त्री खछ्याङ्ले बताए।

जापान भ्रमणका क्रममा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने पनि उनले बताए ।

भेटका अवसरमा हुनसक्ने अरु केही सहयोग आदानप्रदान तथा सम्झौताका विषयमा भने चिनियाँ प्रधानमन्त्रीले केही बताएका छैनन् ।

मंगलबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । उनले भने, ‘यो भ्रमण दुई देशको सम्बन्ध थप सुदृढ बनाउन सफल हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?