काठमाण्डौ । विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ । आइतवार एक कार्यक्रममा सो कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । असारबाट प्रशारणमा आउने उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् ।
सुशील नेपालले संचालन गर्ने उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहने छन् । विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ । विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन्।
‘विश्वमा धेरै खालको गायन कम्पिटिसन भए तर जहिले पनि गायन कम्पिटिसेंनको भन्दा अन्य कुराको चर्चा हुने गर्थ्यो तर हामि यो विवाध भन्दा पर रहेर काम गर्ने सोच गराउदै गर्दा ‘द भ्वाईस’ फेला परेको हो ‘, कार्यक्रम निर्देशक पौडेलले भने।
त्यस्तै सोहि कार्यक्रममै ‘द भ्वाईस अफ नेपाल‘ को एप्स लंच गर्दै एप्सको प्रयोग कसरी गर्ने भन्नेबारे र अडिसन दिन घन्टौ लाईनमा बस्नु नपर्ने कुरा प्रमुख सहायक एबम आइ टि प्रमुख फिरोज तिमल्सिनाले बताए ।
आयोजकको भनाई अनुसार इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लाटफर्ममा समेत जानेछ । केहि शोहरु ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ जहाँ संसारभरका प्रतिभालाई अटाईएको छ। यसको फ्रेन्चाइज विश्वका १९१ मुलुकमा प्रसारण हुन्छ ।