नेपाल आइड बुद्व लामाको ‘तिमी साथ भएपछि’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपालको चर्चित रियालीटी शो नेपाल आइडका वुद्ध लामाले पहिलो गीत तिमी साथ भएपछि भन्ने बजारमा ल्याएका छन् ।

नेपाली गजल गीत तिमी साथ भएपछिमा निर्देशक अजुर्नन अधिकारी, उत्सव दाहालको छयाङ्कन, सम्पादन उत्सव घिमिरे, शुरेश वाक्लेको शब्द रहेको यो गीतमा कम्पोज हरी लम्सालले गरेका छन् । उक्त म्यूजिक भिडियोमा मुख्य भूमिका पल शाह र आँचल शर्माको रहेको छ ।

गरिव तथा जेहेन्दार परिवारका लामा नेपाल आईडमा आएसँगै नेपाली संगीत क्षेत्रमा मात्र नभई विश्वमा एक होनोहार गायकको रुपमा परिचित भएका छन् ।

गला, कला, स्वरका धनी वुद्धले तिमी साथ भएपछि गीतको वोलसँगै आगामि दिनमा निरन्तर आफ्नो गायन कलालाई दर्शकको माझमा ल्याउने आशा आम नेपाली दर्शकहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?