बागलुङ समाज जापानको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

टोकियो । बागलुङ समाज जापानको दोस्रो अधिवेशनले सिद्धार्थ श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य सिमित निर्विरोध रुपमा निर्वाचित गरेको छ । आईतबार टोकियोमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रेमप्रसाद कडेल, प्रेमप्रसाद आचार्य र महेन्द्र पिसीलाइ निर्वाचित गरेको हो । त्यसैगरि महासचिबमा कृष्ण सुबेदी सचिबमा विरोध चालिसे र राजु केसी, कोषाध्यक्ष यमकान्त कडेल र सह–कोषाध्यक्ष शोभा केसी गीता निर्वाचित भएका छन् ।

समाजको नवनिर्वाचित सदस्यहरुमा बिना खड्का, दिपक रेग्मी, बसन्त बियोगी, चेतन पौडेल, सुनिता श्रीस, भूपेन्द्र सापकोटा, लक्ष्मी केसी, कृष्ण शर्मा, खगराज सापकोटा (बिष्णु) गोबिन्द खड्का रहेका छन् । भने चार सदस्य पहिलो बैठकले मनोनित गर्ने बताइएको छ । बेलु थापा संयोजक र दिपक कडेंल, दीप पाठक सदस्य रहेको निर्वाचन समितिले कार्यसमितिलाई निर्विरोध रुपमा निर्वाचित भएका छन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बागलुङको आफ्नो मौलिकतालाई कायम राख्दै सम्पूर्ण बागलुङबासीको साझा संस्थाका रुपमा यस समाजलाई स्थापित गराउनका लागि आग्रह गरेका थिए ।

सो कार्यक्रमका वक्ताहरु नेपाल सरकारका उपसचिव ठाकुर कंडेल, एनआरएन आईसिसी सदस्य ओम गुरूङ, महेश श्रेष्ठ, एनआरएन जापानका उपाध्यक्ष देबिलाल भण्डारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ ,जनसम्पर्क समिति जापानका उपाध्यक्ष नवराज थापा, अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम ठगुन्ना, कानागावा कम्युनिटीका अध्यक्ष हरि सापकोटा, गुल्मी समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापा, बिहुकोट समाज जापानका अध्यक्ष देबिलाल सुबेदी र सल्लाहकार दिलु खत्री, दिपक सुबेदी, डिपी कंडेल रहनु भएको थियो । समाजका अध्यक्ष राजबिन थापाको सभापतित्वमा सम्पन्न अधिवेशनको संचालन महासचिब कृष्ण सुबेदीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?