सिटी एक्सप्रेसले जापानबाट नेपाल पैसा पठाउनेको परिवारलाई मोवाईल उपहार दिने

टोकियो । जापानबाट नेपाल पैसा पठाउने विश्वासिलो र भरपर्दो माध्यम सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानले हरेक हप्ता मोबाइल उपहार योजना ल्याएको छ ।

२०७४ माघ १ गते बाट सुरु भई चैत्र ३० गते सम्म चल्ने सो योजना नेपाल पैसा पठाउँदा रिसिभ गर्ने ग्राहक मध्येबाट लक्की ड्र गरी विजेता १ जनालाई प्रत्येक हप्ता मोवाईल प्रदान गर्ने छ ।

३ महिनासम्म चल्ने उपहार योजना रेमिट कार्ड र काउन्टरबाट पैसा पठाउने सबै ग्राहकको हकमा लागु हुने छ । जापानबाट नेपाल पैसा पठाउने ग्राहकहरुको लागि मात्र ल्याइएको योजना हो ।

सेवा र सुविधाले आफ्ना ग्राहकहरुको मन जितेर नेपालको लागि जापानमा नं १ रेमिट्यान्सको रुपमा दरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफर फरक व्यवसायिक प्रचारमा पनि सबै भन्दा अगाडि छ।

‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने मूल नारा सहित अगाडि बढिरहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरले हरेक नेपालीको हातमा रेमिट कार्ड पुर्याउने लक्ष्य लिएको छ ।साथै जापानको मुख्य मुख्य शहरहरुमा आफ्नो शाखा विस्तार गरेर पनि सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?