टोकियोमा वलिउड गायक हिमेश रेशमियाको लाईभ कन्सर्ट हुने (फोटोफिचर)

टोकियो । जापानमा वलिउड म्यूजिकल लाईभ कन्सर्ट हुने भएको छ । टोकियोस्थित शिन ओकुबोमा रहेको आगन नेपाली रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी सनराईज प्रोडक्ससले जानकारी गराएको हो ।

गोल्डेन विकमा रुने कोदाईरा हलमा मे ६ तारिख २०१८ आईतवारका दिन ‘हिमेश रेशमिया लाईभ इन टोकियो’ को तयारी बारे जानकारी सहितको पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

वलिउडका चर्चित संगीतकार तथा गायक रेशमिया सहितको ८ जनाको व्याण्ड टोली जापान आउनका लागि भिसा प्रक्रिया थालिएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

सनराईज प्रोडक्ससको अफिसियल वेव साइट www.sunrisecorpoltd.com बाट अनलाईन टिकट खरिद गर्न सक्ने छ । सो लाईभ कार्यक्रमका लागि सक्सेस एब्रोड स्टडीले सनराईज प्रोडक्सससंग सहकार्य गरेको छ ।

स्टडीका एमडी भुवन हुमागाईको सभापतित्वमा सुरु गरिएको पत्रकार सम्मेलनमा इभेन्ट पार्टनर डिप्वे जापान एलटीडीका एमडी दिपक सुवेदी प्रमुख अतिथिका रुपमा रहनु भएको थियो भने विशेष अतिथिमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, पूर्व पत्रकार महासंघ अध्यक्ष तिलक मल्ल, एनआरएनए आईसीसी सदस्य ओम गुरुङ, डिजे जोन छन्त्याल, कानागावा कम्युनिटीका सचिव राजेन्द्र श्रेष्ठ, पाल्पा समाज जापानका अध्यक्ष निरन्जन गैरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन रविन्द्र गोर्खालीले गरेका थिए । गोर्खाली, हुमागाई, हरि सापकोटा र कृष्ण लामा आयोजकका रुपमा रहेका छन् ।

गायक रेशमियाको १०५ भन्दा बढी चलचित्रमा संगीत दिएका छन् भने आफैले गाएका १५० भन्दा बढी हित गीतहरु छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?